२९ पुस ,काठमाडौं
पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन्। एक जनाको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

