काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुनः कोरोना परीक्षण गर्ने भएका छन्। प्रधनमन्त्री निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मीदेखि भान्सेसम्मलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवाले पुनः परीक्षण गर्न लागेका हुन्।
यसअघि प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। दैनिकजसो सम्पर्कमा आएको व्यक्तिहरुको कोरोना पोजेटिभ आएकाले बिहिबार पीसीआर गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्लो पटकका कर्मचारीहरुको रिपोर्टसँगै देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताइएको छ। अहिले देउवा आइसोलेसनमा रहेको र बिहिबारको परीक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै राजनीतिक भेट गर्ने उनको सचिवालयले जनाएको छ।

