रत्ननगर, पौष २७ । रत्ननगर नगरपालिका भित्रका भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिका बीच सम्झौता हुदैछ । पुस २८ गते काठमाडौंमा रत्ननगर नगरपालिका र आयोग बीच सुकुमबासीलाई लालपूर्जा वितरणको लागि काम अगाडि बढाउने गरी सम्झौता हुन लागेको हो ।

आयोगले पौष २४ गते ९१ वटा पालिकाहरुसंग सम्झौता गर्ने गरी नाम सार्वजनिक गरेको थियो । सम्झौता गर्न आयोगले ३५ दिनको म्याद राखेको छ । सार्वजनिक सुनुवाई गरी नगरसभाको तयारीमा रहेको सो नगरपालिकाले २८ गते आयोगसंग सम्झौता गर्न लागेको हो । काठमाडौंमा हुने कार्यक्रममा आयोगसंग सम्झौता हुने र लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने मेयर नारायण वनले बताए ।

नगर स्तरीय राजनीतिक दलले आयोगसंग तत्काल सम्झौता गरेर काम अगाडि बढाउने लिखित पत्र मार्फत नगरपालिकालाई आग्रह गरेका छन् । २८ गते सम्झौता गर्ने गरी आयोगले हामीलाई जानकारी गराएको हो मेयर वनले भने सोही अनुसार भोली हामीले सम्झौता गर्दैछौं ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार