काठमाडाैं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।
सोही अवधिमा २५५ जना कोरोना मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। पछिल्लाे समय काेराेना संक्रमणकाे दर तीव्र रुपमा बढिरहेकाे छ। काेराेना संक्रमणबाट सुरक्षित रहन सरकारले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाउन सबैलाई आग्रह समेत गरेकाे छ।
यसैबीच काेराेना संक्रमण बढ्दै गएकाे र नयाँ भेरियन्ट ओमिक्राेन तीव्र रुपमा फैलिँदै गएकाे भन्दै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएसीसीकाे सिफारिसलाई लागू गरेकाे छ। शिक्षा मन्त्रालयले आज माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।

