चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म पूर्वी चितवनको टिकौली चौँरमा हुने रत्ननगर महोत्सबको तयारी पूरा भइरहदा अर्काे आकर्षक पक्षको रुपमा रहेको चिकन एण्ड एग फुड फेष्टिबलको तयारी पनि पूरा भएको छ ।
रत्ननगर–१, सौराहा चोकमा रहेको नया बसपार्क भित्र हुने चिकन एण्ड एग फुड फेष्टिबलको सम्पूर्ण तयारी पूरा भएको फेष्टिबल संयोजक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनले फुड फेस्टिभल पौष २९ देखि माघ ३ गते सम्म पाँच दिन हुने जानकारी दिए ।
श्रेष्ठले पाँच दिनको फेष्टिबलको मुख्य समय बलुका ५ बजेदेखि १० बजे सम्म हुने भएपनि दिउसो २ बजेदेखिनै परिकारहरु भने खान पाइने जानकारी दिए । उनले सो फेष्टिबलमा कुखुराका परिकारका अलावा, नेवारी खाजा खाना, सास्कृतिक भेसभुषा सहितको स्टल, नेवारी सुकुल भोज, कोरीयन खानाको परिकारहरु बिशेष आकर्षणको रुपमा रहने बताए ।
फेष्टिबलका सह–संयोजक तथा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनालले रत्ननगर महोत्सबमा सधैनै कुखुराको मासु तथा अण्डाका परिकारहरु सँगसँगै सास्कृतिक कार्यक्रम बिशेष हुने हुनाले सबैलाई उपस्थित हुनका लागि अनुरोध गरे । खनालले फेष्टिबलमा खानाका परिकारको मुल्य धेरैनै हुन्छ भन्ने सोच हुने भएपनि त्यस्तो नहुने भन्दै उनले परिवारसँगै आउदा सबैलाई मिठो स्वादसँगै आनन्दको वातावरण बन्ने जिकिर गरे ।
फेस्टिभलका सल्लाहाकार ज्ञान बहादुर बिसुरालले फुड फेष्टिबलमा बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयले पनि आर्थीक सहयोग रहेको जानकारी दिए । उनले रत्ननगर महोत्सब अन्र्तगतको फुड फेस्टिभल प्रति दर्शकको निकै रुचि रहेकाले यसलाई हरेक वर्ष आयोजना गर्ने सोच राखिएको भएपनि कोभिडको कारणले त्यो भने संभव हुन नसकेको जानकार िदिए । रत्ननगर महोत्सब अन्र्तगत फुड फेस्टिभल नभएमा महोत्सबनै अपुरो हुने महसुर गरेरनै सो कार्यक्रमको आयोजना गरिएको फेस्टिभलका सल्लाहकार रघुनाथ भट्टले जानकारी दिए ।
उनले चिकन एण्ड एग फुड फेस्टिभल भनेर नामाकरण गरिएपनि सो कार्यक्रम सबै खाले खाजा खाना पाइने फुड फेस्टिभल भएको जिकिर गरे । भट्टले उपस्थित दर्शकको आवश्यकता बमोजिम हरेक वर्ष फेस्टिभललाई परिमार्जित गर्दै लगिएको पनि जानकारी दिए । महोत्सबका कला तथा सांस्कृतिक सह–संयोजक समेत रहेका प्रकाश मणि सापकोटाले फुड फेस्टिभलमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेने जानकारी दिए । उनले पौष २९ गते रचना रिमाल, ३० गते बिन्दु परियार, माघ १ गते कमल खत्री र मेलिना राई, २ गते राजु परियार, ३ गते बद्री पंगेनीको साथमा स्थानिय कलाकारहरुको दैनिक प्रस्तुती रहेने जानकारी दिए ।
रत्ननगर महोत्सब अन्र्तगत हुने चिकन एण्ड एग फुड फेस्टिभललाई सम्पन्न गर्न राजेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा १६ सदस्यिय चिकन एण्ड एग फुड फेस्टिभल आयोजक समिति निर्माण गरिएको छ । जसको सह–संयोजकमा सालिकराम पौडेल, हरिकृष्ण खनाल र राजेन्द्र हमाल, सचिवमा निरज श्रेष्ठ, सदस्यमा क्रमशः चन्द्रिका केसी, भागीरथी प्रजापति, पुष्पराज जोशी, गोबीन्द्र कृष्ण श्रेष्ठ, प्रकाशमणी सापकोटा, अशोक भुषाल, शुसिल सिं, महेश पाण्डे, राजु चौधरी, लाल सिंग चौधरी, राम शरण सिंखडा रहेका छन् । त्यस्तै सल्लाहाकारमा नारायण काजी श्रेष्ठ, ज्ञान बहादुर बिसुराल, रघुनाथ भट्ट रहेका छन् ।

