पौष २४,रत्ननगर ।
रत्ननगर १० मा रहेको पन्चामृत बहुउद्धेश्यिय सहकारी संस्था लि. को रजत जयन्ति अर्थात २५ औँ वार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल प्रमुख अतिथि हुनुहुन्थियो । रजत जयन्ति सभालाई सम्वोधन गर्दै मन्त्री खनालले पन्चामृतको सेवा अझ फराकिलो हुनुपर्ने भन्दै किसानी पेशा संग राज्यको धेरै कुरा जोडिएकोले बागमती प्रदेश सरकारले किसानको मागलाई ध्यान राख्दै दुधको मुल्यमा वृद्धि गरिने, छिट्टै कृषि एम्बुलेन्सको व्यवस्था गरिने, सोझा साझा किसानले सहजै प्राप्त गर्न सक्ने गरि अनुदान ल्याईने साथै समग्रमा किसानको पिडामा मलहम लगाउने खालका कार्यक्रम ल्याईने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य लालमणि भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थामा धेरै दुध बिक्रि गर्ने कृषकहरुलाई क्रमस : प्रथम, दोश्रो र तेश्रो र गुणस्तरिय दुध ल्याउने किसानलाई स्टिलको दुध बोक्ने क्यान उपहार प्रदान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष गोपी प्रसाद अधिकारी, पुर्व अध्यक्ष धर्मराज अधिकारी, उत्कृष्ठ कर्मचारी कारी महतो, पवित्रा पौडेल, सरस्वति पौडेललाई नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै स्वर्गीय शेयर सदस्यका परिवारलाई नगद ५ हजार प्रदान गरिएको थियो । संस्थालाई सहयोग गर्ने विकल्प कंक्रिट उद्योग, तिकौली मध्यवर्ती सान्मुदायिक बन, खनाल इन्टरप्राईजेजलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पुर्व कार्यसमिति सदस्यहरु इन्द्र पौडेल, इन्द्र विलास न्यौपाने, दिलकुमारी बराल, भीमसेन भण्डारी, सल्लाहाकार माधव प्रसाद अर्याल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. चितवनका अध्यक्ष रत्नमणि न्यौपाने लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका संस्थाका अध्यक्ष मणिप्रकाश खतिवडाले सहकारीले निम्न बर्गीय समुदायको हितमा काम गरेको, साथै जीवनस्तर उकास्नका लागि माध्यम समेत बनेको बताउनुभएको छ । यो एक आर्थिक वर्षमा मात्र संस्थाले करिव ७० लाख अनुदान भित्राउन सफल रहेको भन्दै पन्चामृतमा आवद्ध भएर कृषि क्रान्ति गर्न समग्र किसानहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष उषा रानामगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका सचिव मुरली प्रसाद बराल ले संचालन गर्नुभएको थियो ।





