पौष २४,रत्ननगर ।
कृषिको नाममा आउने सरकारी अनुदान दिने र लिने बिचमा बिचौलियाको जगजगी हुने गरेको भन्दै त्यसको अन्त्य बागमती प्रदेश सरकारले गर्ने बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बताउनुभएको छ । रत्ननगर १० मा रहेको पन्चामृत बहुउद्धेश्यिय सहकारी संस्था लि. को रजत जयन्ति अर्थात २५ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथि समेत रहनुभएको उहाले यस्तो बताउनुभएको हो । रजत जयन्ति सभालाई सम्वोधन गर्दै मन्त्री खनालले पन्चामृतको सेवा अझ फराकिलो हुनुपर्ने भन्दै किसानी पेशा संग राज्यको धेरै कुरा जोडिएकोले बागमती प्रदेश सरकारले किसानको मागलाई ध्यान राख्दै दुधको मुल्यमा वृद्धि गरिने, छिट्टै कृषि एम्बुलेन्सको व्यवस्था गरिने, सोझा साझा किसानले सहजै प्राप्त गर्न सक्ने गरि अनुदान ल्याईने साथै समग्रमा किसानको पिडामा मलहम लगाउने खालका कार्यक्रम ल्याईने बताउनुभयो ।


