२१ पुष, रत्ननगर ।
नैतिक पर्यटन प्रवर्द्धन गर्ने दृष्टिको साथ अगाडि बढेको गैर-नाफामुलक संस्था चेरिस नेपाल फाउन्डेसनले युनाइटेड इन्सुरेन्स को सहकार्यमा महिनावारी स्वास्थ्य सम्बन्धी सेमिनार सञ्चालन गरेको छ । संस्थाले ३ दिनको अवधिमा ३ वटा विभिन्न सरकारी विद्यालयमा सेनेटरी न्यापकिनको भेन्डिङ मेसिन जडान गर्न सफल भएको छ ।
संस्थाले नेपालको प्रतिनिधित्व गर्ने पहिलो परफ्युम ब्रान्ड को उत्पादन समेत गरेको छ । यसबाट प्राप्त हुने मुनाफाको ५% महिला सशक्तिकरण तथा सामुदायिक विकास (हाल सौराहा, चितवनमा कार्यरत) को लागि प्रयोग गरिने फाउन्डेसनको सञ्चालन खर्चमा हुनेछ ।

यसै बीच चेरिस नेपाल फाउण्डेशनका क्षेत्रीय प्रमुख भुवन चौधरीलाई मालपुर उच्च माविका प्रधानाध्यापक शिवनारायण चौधरीले सम्मान गरेका छन् । संस्थाले हाल सम्म मालपुर मा बि, नेपाल नमुना मा बि र बच्छौली मा बिमा सेनेटरी भेन्डिङ मेसिन स्थापना गरेको छ ।


