१७ पौष, रत्ननगर ।
निर्माण व्यसायी देशको मेरुदण्ड भएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनु भएको छ । पूर्वी चितवन निर्माण सेवा संघ, कालिका ६ खिलेसिमल को १२ औँ वार्षिक साधारण सभामा उहाले यस्तो बताउनुभएको हो । पछिल्लो समयमा निर्माण व्यसायीहरुले कार्य सम्पन्न पश्चात पनि आफुले लिनु पर्ने रकम नपाएको बढी मात्रामा गुनासो आउन थालेपछि निर्माण सम्पन्नताको प्रमाण पत्र प्रदान गर्दा ठेकेदारको अनिवार्य सहि लगाउने नीति ल्याउन निर्माण व्यवसायीको पक्षमा नगरपालिकाको सहयोग रहने मेयर श्रेष्ठको भनाई थियो । तर यसका लागी नक्सापास नभएको निर्माणमा हात नहाल्न उहाको सुझाव थियो ।

कार्यक्रममा मेयर श्रेष्ठका अलावा कालिका ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, कालिका ५ का अध्यक्ष जी एन चौधरी, भवन निर्माण व्यवसायी संघ पर्साका केदार अधिकारी, चितवन भवन निर्माण संघ भरतपुरका अध्यक्ष कुल बहादुर राई, स्वरोजगार भवन निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद पौडेल, भवन निर्माण जिल्ला समन्वय समिती अध्यक्ष उत्तम घिमिरे, कालिका नगरपालिका ६ का अध्यक्ष विनोद रेग्मी लगायतले बोल्नुभएको थियो ।

सोहि अवसरमा पूर्वी चितवन निर्माण सेवा संघले लेखा समिति संयोजक सरोज चौधरीलाई सम्मान पत्र, दोसल्ला सहित नगदले सम्मान गरेको छ । त्यस्तै सम्मानित हुनुहुनेहरुमा सदस्यहरु उत्तम मगर, आईतराम स्यान्ग्तान र लिला विक रहनुभएको छ । संघले जेष्ठ सदस्य सम्मान अन्तर्गत श्याम बहादुर लामा, जेष्ठ नागरिक सम्मान अन्तर्गत ईम बहादुर श्रीमल र महिला सदस्य सम्मान अन्तर्गत सिता वाईवालाई सम्मान गरेको छ । त्यसै गरी १३ जना मिक्सर धनि सदस्यहरु लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । साधारण सभामा उपस्थित सदस्यहरु मध्ये बाट गोला प्रथा द्वारा ५ जना सदस्यलाई हाते घडी उपहार समेत प्रदान गरिएको थियो ।

पूर्वी चितवन निर्माण व्यवसायी संघ कालिकाका प्रथम उपाध्यक्ष हेम प्रसाद पन्तले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संघका अध्यक्ष बलराम दंगालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार