रत्ननगर । रत्ननगरको प्रसिद्ध शैक्षिक धरोहर शहीद स्मृति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आइतबार समुहगत छलफल गरेका छन् ।

विद्यार्थीहरुका तीन वटा समूह बनाएर प्रतिस्पर्धात्मक समुहगत छलफल गरिएको हो । एमवीएस प्रथम सेमेष्टरमा विहानी समूहमा अध्ययनरत विद्यार्थीहरुले खोजमुलक अध्ययनमा केन्द्रित भएर घटना र परिस्थितिको शुष्म विष्लेषण गरेका थिए । विद्यार्थीहरुलाई अर्थपूर्ण र सान्दर्भिक विचार तथा व्यवस्थापकीय ज्ञान आर्जन र नेतृत्व विकासमा अग्रसर गराउने विषयमा कार्यक्रम केन्द्रित रहेको प्राध्यापक जगन्नाथ अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रध्यापकहरु खडानन्द प्रसाई, विकास शर्मा उपाध्यायले सहजीकरण गरेका थिए । कार्यक्रममा विजयी समुहलाई क्याम्पस प्रमुख धर्मदत्त तिवारीले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार