रत्ननगर, ७ पौष ।
रत्ननगर जुनियर जेसिजको आयोजनामा चितवन जिल्लामा रहेका सम्पूर्ण कलेजको उपस्थितिमा कलेज स्तरिय फ़ुट्सल प्रतियोगिता आयोजना हुने भएको छ । अंगेजी नया वर्षलाई स्वागत गर्दै फ़ुटसल प्रेमी खेलाडी तथा दर्शकको मागलाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको रत्ननगर जुनियर जेसिजका पुर्व अध्यक्ष विदुर खनालले जानकारी दिएका छन् ।
कार्यक्रमको विजेताले नगद २० हजार, कप, मेडल र प्रमाण पत्र त्यस्तै उप विजेताले नगद १० हजार कप , मेडल तथा प्रमाण पत्र पाउनेछन । कार्यक्रम ब्रदर्स फ़ुटसल क्षेत्रपुरमा आयोजना हुनेछ ।

