चितवन। रत्ननगर इलाका प्रहरी कार्यालयले शनिबार एक सय ८४ किलो ३५० ग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ। रत्ननगर नगरपालिका-१४ शान्ति चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो।

पन्तको घरलाई वडा नम्बर १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो। उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ।

गोदाममा चरेश रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । यद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार