चितवन । पुर्वी चितवनको कालिका-६ स्थित खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा १ सदस्य बाहेक ओमप्रसाद लामिछानेको प्यानल नै बिजयी भएका छन् । निर्वाचनमा एक हजार ३ सय ६३ मत खसेकोमा निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीलाई ३८ मतान्तरले पराजीत गर्दै लामिछानेले ६१४ मत प्राप्त गर्दा भण्डारीले ५७६ मत प्राप्त गरे ।

उपाध्यक्षमा दिपक लामिछानेले ७०५ र उनका प्रतिद्धन्द्धी भीम प्रसाद खनालले ४७० मत प्राप्त गरेका थिए । त्यस्तै, सचिवमा लालु प्रसाद दाहालले ६६२ र उनका प्रतिद्धन्द्धी विद्याधर बास्तोलाले ५१७ मत प्राप्त गरे । कोषाध्यक्षमा कविता न्यौपानेले ६२६ मत पाउँदा उनका प्रतिद्धन्द्धी जितेन्द्र वाग्लेले ५०९ मत पाए ।

सहकारीको सञ्चालक समिति सदस्यहरुमा शिशिर सिंखडाले ६९८ मत, खेमलाल अधिकारीले ६०१, टंक वहादुर थापाले ५९०, मेघ प्रसाद पन्तले ५६४, गोमा आचार्य घिमिरेले ५६१, कृष्ण प्रसाद भट्टले ५६१ र चन्द्र प्रसाद लामिछानेले ५४१ मत प्राप्त गरी विजयी भएका निर्वाचन समिति संयोजक लामिछानेले जानकारी दिए ।

सञ्चालक समिति सदस्यमा कांग्रेस निकटका टंक प्रसाद थापा विजयी भएका हुन् भने अन्य सबै उम्मेदवार एमाले र माओवादी निकटका हुन् । सहकारीको लेखा समिति संयोजकमा एमाले र माओवादी प्यानलका विष्णुमणि लामिछानेले ५९९ मत प्राप्त गरि विजयी भए ।

उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण लम्सालले ४६९ मत प्राप्त गरे । लेखा समिति सदस्यहरुमा होम प्रसाद भट्टले ५९३ मत र वुद्धि बोम्जनले ५६२ मत ल्याई विजयी भएका छन् । निर्वाचनमा एक हजार ३६३ मत खसेको थियो ।

बिहिवार भएको मतदानमा लामिछाने प्यानललाई एमाले- माओवादी प्यानलको समर्थन र भण्डारी प्यानललाई काङ्ग्रेस- समाजबादीको समर्थन रहेको थियो । सहकारीमा १६ सय ६७ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार