चितवन २४, कार्तिक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाललाई बुधवार रत्ननगरमा स्वागत तथा सम्मान गरिएको छ ।

ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती केन्द्र नेपालले मन्त्री खनाललाई स्वागत तथा सम्मान गर्दै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर विकासमा सहयोग गर्न आग्रह गरेका थिए । सो अबसरमा मन्त्री खनालले सो विद्यालयमा पूर्वाधार निर्माणमा तत्काल १५ लाख रुपैया प्रदेश सरकारबाट सहयोग गर्ने बताए ।

दरबन्दी मिलानका विषयलाई प्रक्रिया सुरु गर्ने भन्दै उनले तत्काल आवश्यक रहेको विद्यालय भवन निर्माणको लागि १५ लाख रुपैया सहयोग गर्ने बताए । कार्यक्रममा प्रधानाध्यापक राधा चौधरीले विद्यार्थी संख्या उल्लेख्य रहे पनि भौतिक पूर्वाधार र शिक्षकको अभावका कारण पठनपाठनमा समस्या परेको बताइन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य विकल महतोले विद्यालयको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार