चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले सहकारीहरु नाफा मुखी भन्दा पनि सेवा र उत्पादन मुखि हुनु पर्ने कुरामा जोड दिनुभएको छ , रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) गरिएको शुभारम्भ कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।

सो संस्थाका अध्यक्ष ज्ञानबहादुर बिसुरालले सहकारीको राष्ट्रिय र अन्तराष्ट्रिय सिद्धान्तमा आधारित रहेर समाजमा रहेको श्रोत र पुँजीलाई एकिकृत गरि सोही पूँजीलाई सदस्यहरुको अधिकतम हितमा उपयोग गर्दै उदाहरणीय रुपमा समाजको आर्थीक सामाजिक तथा सांस्कृतिक रुपमा समाजलाई रुपान्तरण गर्दै गरि नयाँ योगदान गर्न सकिन्छकी भनेर रत्ननगर उद्योग वाणिज्य संघको अवधारणा अनुसार चितवन जिल्लालाईनै कार्यक्षेत्र बनाई संस्थाको शुभारम्भ गरिएको जानकारी दिए ।

उनले सहकारीले बिशेषगरि बचत संकलनका अलावा आकर्षक ब्याजदरमा उद्योग, ब्यापार, कृषि शैक्षिक, वैदेशिक, ब्यक्तिगत, हायर प्रचेज लगाएतको कर्जा प्रवाह गर्ने जानकारी दिए ।

संस्थाका सचिव रघुनाथ भट्टले हाल संस्थाको अधिकृत शेयर पुँजी तिन करोड रहेको जानकारी दिए । उनले सो संस्थामा शेयर सदस्य बन्न चाहाने जो कोहिलाई स्वागत गरिने बताउदै त्यसको लागि १० हजारदेखि ५ लाखको शेयर खरिद गर्न सकिने जानकारी पनि पनि दिए ।

सो संस्थामा हाल उपाध्यक्षमा गोपाल कर्माचार्य, कोषाध्यक्षमा विरञ्जना घिमिरे, सदस्यमा क्रमशः हरिप्रसाद अधिकारी, हरिकृष्ण खनाल, जगदिश चन्द्र शर्मा, शिवलाल श्रेष्ठ, सुविनकाजि श्रेष्ठ, उर्मिला देखि पोख्रेल, पार्वती गिरी लगाएतका रहेका छन् । त्यस्तै लेखा शुपरिवेक्षण समितिमा संयोजक प्रकाशमणि सापकोटा र सदस्यहरुमा क्रमशः निर्मला सुवेदी र गोपाल पुरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार