काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१३ हजार ​८ सय ७९ जनाको पीसीआर र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७ सय ७४ र १ सय २३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

बुधबार नेपालमा थप १७ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३,२११ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार