काठमाडौं : पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित कुल ३ हजार १ सय ७६ जनाको ज्यान गएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार