महेश पाण्डे
चितवन । सरकारी भएरपनि सेवाको हिसावले छोटो समयमा नै सवै बिरामीको रोजाईको अस्पताल बन्न सफल अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । झट्ट नाम सुन्दा कुनै ठाउँ बिशेषको सामान्य अस्पतालको भान दिए पनि काम भने यो अस्पतालले असामान्य नै गरेको छ । असामान्य अर्थात आफ्नो क्षमता भन्दा बढि । अझ यसलाई प्रष्ट पार्दा जम्मा १५ वेडको क्षमतामा रहेको सो अस्पतालले हालका दिनमा कुनै ५० वेडको भन्दा बडि वेडको अस्पतालले दिने सेवा सुविधा दिएको छ । यसको जस जान्छ अस्पताल बिकास समिति र अस्पतालका मेसु डा. बिश्व बन्धु बगालेलाई ।
अस्पताल बिकास समिति र अस्पतालका मेसु डा. बिश्व बन्धु बगालेको सोच मिले पछि एक पछि अर्को गर्दै सो अस्पतालको सेवा थप हुदै गएको छ । जस अनुसार सो अस्पतालमा आउने बिरामीले टिकट लिनको लागिनै घण्टौ लाईन बस्नुपर्ने गुनासो आएपछि त्यसलाई समाधान गर्न घरमा बसेरनै अनलाईनबाट टिकट काट्न सकिने ब्यवस्था मिलाएको डा. बगालेले जानकारी दिए ।

