काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घन्टामा थप ४८ जना निको भएर फर्किएका छन् । नेपालमा हालसम्म दुई लाख ७० हजार ३२५ कोरोनाबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार