काठमाडौं : पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) थप १० जना संक्रमितको मृत्यु भएको छ । यस्तै ४०१ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै आज १५४ जना थपिएका छन्, जसमध्ये काठमाडौंका १३३, ललितपुरका १३ र भक्तपुरमा ८ रहेका छन् । आज क्वारेन्टिनमा १३२ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार २४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजको अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । संक्रमितमध्ये २ लाख ६४ हजार ५३८ जना निको भइसकेका छन् भने मृतक संख्या २ हजार ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार