रत्ननगर : पूर्वी चितवनको रत्ननगर १० बैरियामा सुबिधा सम्पन्न पोलिक्लिन सञ्चालमा आएको छ । पुर्वी चितवनवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको अंकुरम पोलिक्लिनकको बुधबार भरतपुर सरकारी अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले उद्घाटन गरेका थिए ।

पोलिक्लिनकले दैनिक बिशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परीक्षण,२४ सै घण्टा फार्मेसी,आकस्मिक सेवा,प्याथोलोजी सेवा,पेट, छाती,मुटु उच्च रक्तचाप,थाइराईड तथा क्यान्सर रोग सेवा प्रदान गरिने पोलिक्लिनिककी डाईरेक्टर अन्जना जोशीले जानकारी दिइन् । बरिष्ट हाडजोर्नी,नशा तथा मेरुदण्ड रोग बिशेषज्ञ,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ,शिशु तथा वाल रोग बिशेषज्ञ,मानसिक तथा नशा रोग बिशेषज्ञ,सामान्य शल्यक्रिया सेवा, ईसिजी, नेबुलाईजर सेवा सहित दैनिक भिडियो एक्सरे र सर्जरी ओपीडि सेवा प्रदान गरिने जोशीले जानकारी दिइन ।

उद्घाटन कार्यक्रममा रत्ननर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,नेपाली कांग्रेस रत्ननगरका नगर सभापति रुपनराज घिमिरे,रत्ननगर वडा नम्बर १२ का वडा अध्यक्ष वीर बहादुर पाख्रिन लगायतले मन्तव्य राखेको कार्यक्रममा पोलिक्लनिकका सदस्य केदार शर्माले स्वागत मनतब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार