काठमाडौ : पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६३९६ रहेका छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर