मंसिर २१ काठमाडौं
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा एक हजार ६ सय २८ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म दुई लाख २७ हजार चार सय ३३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल सक्रिय संक्रमितको संख्या १२ हजार नौ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २० कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार