काठमाडौं : पछिल्लो २४ घण्टाको अवधीमा १ हजार २ सय ७२ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५ सय ७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८ सय ४७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १६ कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

