काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५ सय ६७ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १८ हजार १ सय ६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ पुगेको छ । १६ हजार ५ सय ४७ आइसोलेसनमा बसेका छन् भने ६ सय ५ जना क्वारिन्टिनमा छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ९ कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

