काठमाडौं : नेपालमा आज थप १ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ३ सय ६८ जनाको पीसीआर परीक्षणमा १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ५ सय १५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ११ हजार १ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९१ दशमलव ५ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४ सय ८५, भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जना संक्रमित थपिएका छन् ।

