काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४ सय ३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार