काठमाडौं : पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २८ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।
सोही अवधीमा १ हजार ९ सय ४८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार १ सय ४० संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ रहेको छ ।
हालसम्म संक्रमित मध्ये २ लाख ७ हजार ९ सय ९८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

