काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७ सय ९१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।

पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार