यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनल आज हुँदैछ । उपाधिका लागि हुने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स बीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

आईपीएल २०२० मा दुबै टिमले राम्रो गर्दै गर्दै फाइनलसम्मको यात्रा गरेका हुन् । मुम्बईले दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । दिल्लीले आइतबार राति सनराइजर्स हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ । उसले दिल्लीलाई पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो ।

मुम्बईका इशान किशन, क्विन्टन डिकक, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव राम्रो लयमा छन् । उसका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले लगातार घातक बलिङ गरिरहेका छन् ।

दिल्लीले सुरुवातका म्याचमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा खराब लय समातेको थियो । यद्यपि क्वालिफायर-२ मा हैदराबादविरुद्ध भने दिल्लीले फेरि लय देखाएको छ ।

हैदराबादविरुद्ध शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडाले शानदार प्रदर्शन गरेका थिए । फाइनलमा पनि त्यही लय कायमै राखे मुम्बई र दिल्लीको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ ।

३ सिजनसम्म आइपुग्दा दिल्लीले उपाधि जित्न सकेको छैन । तर, मुम्बईले भने चार पटक आईपीएल ट्रफी हात पारिसकेको छ । मुम्बई गत सिजनको विजेता टिम पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार