काठमाडौ : मुम्बई इण्डियन्स यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
आज दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।
दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । मुम्बईविरुद्ध दिल्लीका चार खेलाडी शून्यमै आउट भए ।
बलिङमा जसप्रीत बुमराहले करियरकै उत्कृष्ट बलिङ गरे । उनले आज ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कुणाल पाण्ड्याले एक/ एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।
उसका लागि सूर्यकुमार यादवले ५१, इशान किशनले अविजित ५५, क्विन्टन किककले ४०, हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्कासहित नटआउट ३७ र कृणाल पाण्ड्याले १३ रन बनाए ।
बलिङमा रविचन्द्रन आश्विनले ३, एनरिक नोर्टजे र मार्कस स्टोइनिसले एक/रएक विकेट लिए ।

