यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

जारी सिजनमा मुम्बई लिग चरणमा १४ मध्ये ९ म्याच जितेर प्लेअफ प्रवेश गरेको थियो । त्यस्तै, दिल्ली १४ मा ८ म्याचमा जित हासिल गर्दै दोस्रो स्थानका साथ प्लेअफमा प्रवेश गर्न सफल भएको थियो ।
आज विजयी हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरमा विजयीसँग खेल्ने मौका पाउने छ ।

लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ९ विकेटले हराएको थियो । मुम्बई भने सनराइजर्स हैदराबादविरुद्ध १० विकेटले पराजित भएको थियो । दिल्लीका स्पिन कमान सम्हालेका रविचन्दन आश्विन घाइते भएका कारण आज सन्दिप लामिछानेले स्थान पाउन सक्ने सम्भावना समेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार