यूएईमा जारी आईपीएलअन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके)ले टस जितेर बलिङ रोजेको छ । यी दुई बीचको खेल दिउँसो ३ः४५ बजेदेखि अबुधाबीमा सुरु भएको हो । यो समाचार तयार पार्दा सम्म पंजाव ले ११ ओभर को समाप्तिमा ३ विकेट गुमाउदै ६९ रन बनाएर खेलिरहेको छ । पन्जाबका के एल राहुल २९,अग्रवाल २६ तथा पुरन २ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा क्रिस गेल र मन्दिप सिङ्ग रहेका छन् ।
सीएसकेले प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको छ । उसले शेन वाट्सन, मिचेल सान्टनर र कर्ण शमालाई विश्राम दिँदै इमरान ताहिर, शार्दुल ठाकुर र फाफ डुप्लेसिसलाई मौका दिएको छ ।
पञ्जाबले २ खेलाडी परिर्वतन गरेको छ । उसले ग्लेन म्याक्सवेल र अर्शदीप सिंहलाई विश्राम दिँदै जिमी नीशम र मयंक अग्रवाललाई मौका दिएको छ ।
‘प्लेअफ’को यात्रा गर्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने दबाब छ । उसले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ । यदि पञ्जाबले आजको खेलमा हार ब्यहोरे भने ‘प्लेअफ’मा पुग्ने सम्भावना लगभग समाम्त हुनेछ ।
चेन्नई भने यसअघि नै ‘प्लेअफ’दौडबाट बाहिरिसकेको छ । चेन्नई पहिलो पटक आईपीएलको ‘प्लेअफ’मा पुग्न नकसकेको हो । उसले १३ म्याच खेल्दा ५ म्याचमा मात्र जित हासिल गरेको छ ।
चेन्नई आजको खेल जित्दै सुखत अन्त्य गर्न चाहन्छ । तर, पछिल्लो खेलमा पञ्जाब लयमा देखिएको हुनाले चेन्नईलाई जित हासिल गर्न त्यति सजिलो हुने छैन ।

