यूएईमा भइरहेको इण्डियन प्रिमियर लिगको ४७ औँ म्याचमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।
दिल्ली र हैदराबादबीचको म्याच साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । यो सिजनमा दिल्लीले ११ म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ । हैदराबादले ११ खेलमध्ये ४ म्याच मात्र जित्न सकेको छ ।
जारी सिजनमा पनि प्लेअफ पुग्ने दिल्लीको सम्भावना बलियो छ । उसले यदि आजको खेल जितेमा प्लेअफ यात्रा पक्का गर्नेछ । तालिकामा दिल्लीले १४ अंक बटुलिसकेको छ ।
यो सिजनमा हैदराबाद भने प्लेअफ पुग्ने सम्भावना निकै कम छ । उसले तालिकामा ८ अंक मात्र जोडिसकेको छ । हैदराबादभन्दा अघि राजस्थान, केकेआर र पञ्जाब छन् ।

