यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज किंग्स इलावेन पञ्जाब र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।

शारजाहको मैदान अन्यको तुलनामा सानो छ । यो मैदानमा जारी सिजनमा सुरुवात म्याचमा चौका/छक्काको वर्षा देख्न पाइएको थियो । आजको पनि यो मैदानमा हाइस्कोरिङ म्याच देख्न पाइने अनुमान छ ।

जारी संस्करणमा केकेआरले ११ म्याचमा १२ अंक जोडेको छ । केकेआर आजसम्म तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब १० अंकका साथ तालिकाको छैठौँ स्थानमा छ । दुबै टिमका लागि आजको म्याच निकै महत्वपूर्ण छ ।

प्लेअफ पुग्न यी दुई टिमबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ । प्लेअफमा पुग्न बाँकी तीन टिम लगभग पक्का भइसकेकाले चौथो टोलीका लागि केकेआर र पञ्जाब मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

जारी सिजनमा केकेआरमा इयोन मोर्गन र पञ्जाबमा केएल राहुल कप्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार