मकवानपुर : चाडपर्वले हरेक नेपालीको घर घरमा कदम राखिसकेको छ । चाडपर्वका समयमा हुने कुनै पनि अवाञ्छित क्रियाकलाप रोक्न नेपाल प्रहरीको सिंगो टिम लागिरहेको अवस्थामा मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गमा शनिबार कागजात विनाका नक्कली पशु स्वास्थ्य जाँच प्रमाणपत्र प्रयोग गरी काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले सो खसी बरामद गरेको हो ।

प्रहरीको नियमित चेकजाँचका क्रममा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ९३५७ नम्बरको बसको डिक्की, छत र सिटमुनी लुकाई ल्याएको खसी बरामद गरेको प्रहरी निरीक्षक काफ्लेले बताए । बसमा खसी ल्याईएपनि प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले राम्रो संग जाँच नगरेको पाईएको छ । चाडपर्वमा अपराध गतिविधि हुने र जाँचलाई तिब्रता दिनुपर्ने भएपनि पथलैयाले जाँचमा तदारुकता नदेखाउँदा यात्रु बोक्ने बसमा खसी ल्याईएको पाईएको हो ।

नियन्त्रणमा लिइएको खसीलाई पल्टी गरि नियम अनुसारको जरिवाना गराई क्षेत्रफल अनुसारको संख्या अनुपात अनुसार पशु चौपाया ढुवानी गर्ने ट्रकमा पठाईने कुराको जानकारी क्वारेण्टाईन चेक पोस्ट पथलैयाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार