यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।

आज रोहित शर्माले खेल्ने सम्भावना कम छ । उनी अघिल्लो पञ्जाबसँगको म्याचमा घाइते भएको बताइएको छ । रोहित म्याच सकिएपछि चोटका कारण पत्रकार सम्मेलनमा पनि उपस्थिति थिएनन् ।

यदि उनले आज नखेले ओपनिङमा क्विन्टन डिककलाई साथ दिन क्रिस लिन मैदान उत्रिने छन् । रोहितको अनुपस्थितिमा किरण पोलार्डले कप्तानी गर्ने सम्भावना छ ।

जारी सिजनमा मुम्बईले ९ म्याचमा ६ खेल जित्न सफल भएको छ । सीएसकेले भने १० म्याचमा तीन खेल मात्र जित्न सफल भएको छ । उसले अंक तालिकामा ६ अंक मात्र जोड्न सकेको छ । अब उसले लगातार चार खेल जिते पनि १४ अंक मात्र हुनेछ । यो वर्ष प्लेअफ पुग्ने सीएसकेको सम्भावना लगभग समाप्त भएको छ ।

हालसम्म सीएसके र मुम्बईबीच ३१ पटक म्याच भएको छ । जसमा मुम्बईले १८ र सीएसकेले १३ म्याच जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार