युएइमा जारी आईपिल क्रिकेट अन्तर्गत गए राति २ खेल सम्पन्न भएको छ । २ खेल नै अहिले सम्मकै रोमाञ्चक बन्न पुग्यो । दर्शकले २ खेलमा ३ सुपर देख्न पाए । पहिलो खेल हैदरावाद विरुद्ध कलकत्ताको रहेको थियो । जसमा पहिले व्याटिङ्ग गरेको कलकत्ता नाइट राइडर्सले हैदरावाद सामु १६४ को लक्ष्य पेस गर्यो । जवाफी व्याटिङ्गमा उत्रिएको सनराइजर्स हैदरावादले पनि १६३ रन नै बनाए पछि खेल सुपर ओभरमा धकेलियो ।
सुपर ओभरमा पहिले व्याटिङ्ग गरेको हैदरावादले २ रन बनाउदा आफ्नो २ विकेट नै गुमाउन पुग्यो । ३ रनको लक्ष्य लिएको कलकत्ताले सहजै जित हासिल गर्यो ।
त्यस्तै गए राति सम्पन्न दोश्रो खेलमा पहिले व्याटिङ्ग गरेको मुम्बई इण्डियन्सले ६ विकेटको नोक्सानीमा १७६ रन बनायो । जवाफी व्याटिङ्गमा उत्रिएको पंजावले पनि ६ विकेटको नोक्सानीमै १७६ रन बनायो जसले गर्दा खेल सुपर ओभरमा धकेलियो ।
सुपर ओभरमा पंजावले ५ रन मात्र बनाउन सक्यो । ६ रनको लक्ष्य लिएको मुम्बईले पनि ५ रन मात्र जोड्न सक्दा खेल फेरी अर्को सुपर ओभरमा धकेलियो । अर्को सुपर ओभरमा मुम्बई इण्डियन्सले ११ रन बनाउन सफल भयो । १२ रनको बिजय लक्ष्य लिएको पंजावले ४ बलमै लक्ष्य पुरा गर्न सफल रह्यो र पंजावले आफ्नो खातामा २ अंक जोड्न सफल रह्यो । जारी सिजनमा पञ्जाबको यो तेस्रो जित हो । उसले नौ खेलमा ६ खेलमा हार र तीन खेलमा जित हासिल गरेको छ । मुम्बईले ९ म्याचमा तीन खेलमा मात्र हार ब्यहोरेको छ ।

