यूएईमा जारी १३ औँ सिजनको आईपीएल क्रिकेट अन्तर्गत आज २ खेल हुनेछन् पहिलो खेलमा राजस्थान रोयल्स बिरुद्ध रोयल च्यालेञ्जर ब्यान्ग्लोर भिड्दै छन् । खेल नेपालि समय अनुसार साँझ ४:४५ बजे सुरु हुनेछ । जारि सिजनमा राजस्थानले कुल ८ खेल बाट ३ मा मात्र जित हासिल गर्दै ६ अंक मात्र प्राप्त गरेको छ । अंकतालिकाको सातौ स्थानमा रहेको राजस्थान यो सिजनमा कम्जोर देखिएको छ । त्यस्तै रोयल च्यालेञ्जर ब्यान्ग्लोरले कुल ८ खेलमा ५ खेलमा जित निकाल्दै १० अंक जोड्न सफल भएको छ । अंकतालिकामा ब्यान्ग्लोर तेश्रो स्थानमा छ । ब्यान्ग्लोरमा बिराट कोहली त्यस्तै राजस्थानमा स्टेभ स्मिथ कप्तान छन् ।

त्यस्तै आजको दोश्रो खेलमा चेन्न्ई सुपर किंग्स (सीएसके) र दिल्ली क्यापिटल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गर्दै १२ अंक जोडिसकेको छ । र, दिल्ली आज विजयी भएमा फेरि दोस्रोबाट शीर्ष स्थानमा उक्लिने छ ।

सीएसकेले भने ८ म्याचमा तीन खेमला जित हासिल गरेको छ । गत सिजन उपविजेता सीएसकेले तालिकामा ६ अंक जोडेको छ ।

सीएसके र दिल्लीबीच भएका पछिल्ला पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ । जारी सिजनमा पनि दुबै टिममा गत सिजनकै कप्तान छन् । दिल्लीमा श्रेयस अय्यर र सीएसकेमा महेन्द्रसिंह धोनी कप्तान रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार