यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स (सीएसके) र सनराइजर्स हैदराबाद खेल्दै छन् ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।
जारी सिजनमा सीएसकेले ७ म्याच खेल्दा केवल २ खेलमा मात्र जित हासिल गरेको छ । प्लेअफमा सम्भावना जिबित राख्न सीएसकेलाई अबका खेल जित्नैपर्ने दबाब छ ।
त्यस्तै, हैदराबादले ७ म्याचमा तीनमा जित र चार खेलमा हारको सामना गरेको छ । यो सिजनमा हैदराबादमा डेविड वार्नर कप्तान छन् । सीएसकेमा भने जारी लिगमा पनि महेन्द्रसिंह धोनी नै कप्तान छन् ।
पछिल्लो पाँच म्याचको आँकडा हेर्ने हो भने हैदराबादविरुद्ध सीएसके तीन खेलमा विजयी भएको थियो ।

