इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स आफ्नो पाँचौ म्याच खेल्दै छ । दिल्लीले आफ्नो पाँचौ म्याच रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध खेल्न लागेको हो ।

आरसीबी र दिल्लीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । जारी सिजनमा दिल्ली र आरसीबी राम्रो लयमा देखिएका छन् । दुबै टिमले चार म्याच खेल्दा समान ३ मा जित र एक खेलमा हारको सामना गरेका छन् ।

लोकप्रिय क्रिकेट अनलाइन इएसपीएनक्रिकइन्फोले पनि पाँचौ म्याचमा आरसीबी र दिल्लीले अघिल्लो खेलकै प्लेइङ-११ लाई मौका दिने अनुमान गरेको छ । यो संगै सन्दिप लामिछानेले आज पनि स्थान नपाउने पक्का जस्तै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार