आज देखि एक हप्ता सम्मको लागि नेपाल शिक्षक सङ्घ चितवनले शिक्षकहरुको लागि क्षमता बिकासको लागि Pedagogy Based ICT तालिम कार्यक्रमको शुरुवात गरेको छ ।

नेपाल शिक्षक सङ्घ संघीय महासचिव श्री सोमनाथ गिरीको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको उदघाटन सम्पन्न भएको थियो । बिहान ११:०० बजेवाट दिउसो १:०० बजे सम्म दैनिक संचालन हुने गरि यो तालिम आउदा एक हप्ता निरन्तर संचालन हुने छ । तालिम कार्यक्रममा आज बिहान सम्म २२५  जना शिक्षक साथीहरुले सहभागिताको फारम भर्नु भएको थियो । ५०० जना सम्मको सहभागिता सुबिधा रहेको यो तालिममा वरिष्ट प्रशिक्षकहरु र ख्याती प्राप्त बिशेषज्ञहरुवाट प्रशिक्षण तथा उत्प्रेरणा दिने लक्ष्य रहेको छ । तालीममा सुरेश आचार्य, वाटुकलाल तामाङ, हरि सापकोटा, प्रदिप काफ्ले, दिपक खनाल, रमेश रिमाल, नरेन्द्र केसी, बिकास पौडेल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनु हुनेछ । यसैगरी दिपेन्द्र सुबेदी, नारायण भट्ट, डा.शुशील कंडेल, हेरम्ब कंडेल र विश्वप्रक्राश शर्माहरुवाट उत्प्रेरणा र राम्रा अभ्यासहरुको शेयरिंग हुनेछ ।

कार्यक्रम मा सहभागीहरु अत्यन्त उत्साहित भएको देखिन्छ । सो कार्यक्रममा चितवन सहित देशका विभिन्न जिल्लावाट शिक्षकहरु सहभागी रहनु भएको छ । सहभागी संख्याको हिसाबले यो Zoom Webinar Training अन्तर्गत  धेरै ठूलो अनलाइन तालिम रहेको छ ।

तालिमको होस्ट तालीम कार्यक्रमका संयोजक डा. हरिप्रसाद कंडेलले गर्नु भएको छ । यो तालिम पश्चात शिक्षकहरुको कक्षाकोठा प्रबिधिमैत्री हुने कुरामा आयोजक बिश्वस्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार