१३ माघ २०७६
खैरहनी ।
चितवनको खैरहनी स्थित सैनिक आवासीय महाबिद्यालयमा आयोजित अन्तर बिद्यालय शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खैरहनी नगरपालिका आयोजक रहेको उक्त प्रतियोगिता २ दिनका लागी आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी १० समूह मध्ये डेजी इंगलिस सेकेण्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ भने क्रमस खैरहनी माबि र ग्लोसाइन एकाडेमीले दितिय र तृतीय स्थान हासिल गरेका छन् । खेलको समाप्ति संगै पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रम सैनिक आवासीय महाबिद्यालयका व्यवस्थापन समितिका सदस्य तथा कालीबहादुर गणका गणपती प्रमुख सेनानी बिज्ञान खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


