११ माघ २०७६,
पर्वत ।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन आयोजना गरिएको गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला एवं छैठौ पर्वत महोत्सव २०७६को आज तेश्रो दिनमा चर्चित कलाकार विमलराज क्षेत्री,कला लम्साल,सरस्वती लामिछाने,सुमन केसी लगायत अन्य स्थानिय कलाकार हरुको प्रस्तुति त्यस्तै साँझ आयोजना हुने पप कन्सर्टमा रामकृष्ण ढकाल प्रमुख आकर्षणको रुपमा रहने आयोजक पर्वत उधोग वाणिज्य संघले जनाएको छ ।

त्यस्तै आज नै रत्यौली प्रतियोगिता र भलिबल प्रतियोगिता समेत आयोजना हुनेछ । पर्वत जिल्लालाई गण्डकी प्रदेशको मुख्य पर्यटकिय स्थल र नेपाल सरकारबाट घोषित पर्यटन बर्ष २०२० को उत्कृष्ठ गन्तब्यस्थल स्थापित गर्ने, पर्वत जिल्लाको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने, पर्वत जिल्लामा उत्पादित वस्तुहरुको प्रबर्दन तथा प्रचार प्रसार गर्ने, दिगो महोत्सवस्थल निर्माण गर्ने लगाएतका उद्देश्य राखेर गत माघ ९ गते देखि आगामी माघ १९ गते सम्मका लागि महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार