१० माघ २०७६,
रामु आचार्य
खैरहनी, चितवन।
पूर्वी चितवनको खैरहनीमा रहेको सैनिक आवासिय महाविद्यालयमा नगरपालिका स्तरीय अन्तरबिद्यालय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले खेल मानव जीवनको अभिन्न पाटो रहेको भन्दै यसलाई निरन्तरता दिएकोमा महाविद्यालयको प्रशंसा गर्दै खैरहनी नगरपालिकाले समेत खेलका विभिन्न प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।
दस समुहको आबद्दता भएको सो प्रतियोगितामा शुक्रबार मदरल्याण्ड संग इन्टरनेशन, कंकाली संग सैनिक आवासिय, खैरहनी संग जनजीवन, डेजी संग कपिया, सैनिक आवासिय संग ग्लोसाइन र मेरिगोल्ड संग मदरल्याण्डको खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा मदरल्याण्ड ,दोश्रो खेलमा सैनिक आवासिय,तेश्रो खेलमा खैरहनी,चौथो खेलमा डेजी, पाचौ खेलमा ग्लोसाइन, र छैटौ खेलमा मदरल्याण्ड बिजेता भएका छन् । भोलि बाकि चारओटा समुहको खेल हुने र फाइनल खेल समेत भोलि नै आयोजना हुने कार्यक्रमका संयोजक सम्पर्क अधिकृत लेखनाथ कटुवाल ले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख सेनानी दिनेश अधिकारी, प्रमुख सेनानी भाईकाजि थापा, प्रमुख सेनानी राजेन्द्र पराजुली, खैरहनीका नगर शिक्षा अधिकृत महेन्द्र प्रसाद पौडेल बिशेष अतिथी रहनुभएको थियो । त्यस्तै विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु अतिथी रहनुभएको उक्त कार्यक्रममा सैनिक आवासिय महाविद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले स्वागत मन्तब्य राख्नुभएको थियो । प्रमुख अतिथिले रेफ्रीलाई भलिबल दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा खेलको भद्रता कायम राख्न महेन्द्र प्रसाद पौडेलको संयोजकत्वमा अनुशासन तथा निर्णायक समिती तयार परिएको थियो जसमा सदस्यहरु क्रमस बाबुराम बन्जाडे, इन्द्र प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरे र देवेन्द्र न्यौपाने रहनु भएको थियो ।




