रत्ननगर २३ पुस
“राष्ट्रिय एकता र विविधता हाम्रो शान ! बहुजाती, भाषा, संस्कृति नेपालको पहिचान”
भने मुलनाराको साथ यस वर्ष पनि खैरहनीमा खिचरा महोत्सव २०७६ यहि पुस २७ गते देखि माघ ८ गते सम्म महोत्सव हुने भएको छ ।
्थारु समुदायको समग्र साँस्कृतिक पर्व, भेषभुषा तथा भाषाको संरक्षण र प्रवर्धन गर्न महोत्सव गर्न लागिएको महोत्सवका संयोजक चुणामणि चौधरीले वताए ।
“भ्रमण बर्ष २०२० लाई बिशेष प्राथमिकतामा राखेर महोत्सव गर्न लागिएको र यसले आन्तरिक एवं बाह्य पर्यटकलाई थारु समुदायको बारेमा प्रचार गर्ने अवसर पनि मिल्ने चौधरीले वताए ।
महोत्सवमा थारु समुदायको ब्रम्हथान, परेवाको घर, परम्परागत सामग्री सहित चिचर र घोगीको बिशेष प्रदर्शनी हुने छ । माघी अर्थात् खिचरा पर्व माघ १ गते थारु समुदायले धुमधामले मनाउने गर्दछन ।
“राष्ट्रिय एकता र विविधता हाम्रो सान, बहुजाति भाषा सस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ हुने महोत्सवमा विभिन्न सास्कृतिक प्रदर्शनी, चेपाङ्ग र दराई समुदायका विभिन्न परिकार,घोगी र पोकाको मुर्ति,मिस्टर एण्ड मिस थारुको फेसन सो लगाएत कार्यक्रम हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

