चितवन : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले आउँदो फागुनभित्र भूमिहिन सुकुम्बासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ ।
चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहिन सुकुम्बासी समस्या समधानका लागि अयोगमार्फत टुङग्याउन लागेको बताउनुभयो ।
यसअघि सरकार परिवर्तन भइ रहने भएकाले यो समस्या समधान भएको थिएन्, अब बन्ने कानुनले सुकुम्बासी भूमिहिन र अव्यवस्थित बसोबासको समस्या समधान हुँदैछ–उहाँले भन्नुभयो
सरकारले भूमिहिन सुकुम्बासीलाई पहिलो नम्बरमा र अव्यवस्थित बसोबासलाई दोस्रो नम्बरमा राखेर समधान गर्न लागेको मन्त्री अर्यालको भनाइ छ ।
उहाँका अनुसार अव्यवस्थित बसोबासलाई निश्चित रकम लिएर जग्गाधनी प्रमाण पत्र दिने व्यवस्था मिलाईदै छ ।
नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारालाई सफल बनाउन दृढ रुपमा अघि बढेकाले यही सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र थमाउने बताउनुभयो ।
‘अब विदेशमा गएर पसिना बगाउने होईन,मन्त्री अर्यालले भन्नुभयो,‘प्रविधिको भरपुर उपयोग गरेर देशलाई समृद्ध बनाउनु पर्छ ।”
नेपालीहरुले जग्गालाई सम्पती, पुँजी र स्रोत मान्छन्, उहाँले भन्नुभयो,‘जग्गा बेचेर समृद्ध बन्न सकिदैन । बुद्धि र बिबेकको प्रयोग गरेर समृद्ध नेपालको अभियान जट्नुपर्छ । ”
मन्त्री अर्यालले सरकारको तीन खम्बे नीति अनुसार सहकारीको विकास महत्वपूर्ण हुने भएकाले यसमा सिमान्तकृत वर्गका मानिसलाई समाहित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमम प्रदेश नम्बर ३ का प्रदेश सांसद कृष्ण खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, अन्नपूर्ण मध्यवर्ती साकोसका अध्यक्ष कल्याण लटौलाले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

