१० मंसिर, चितवन । मङ्सिर १४ गते हुने उप निर्वाचनको तयारी भइरहेको बेला चितवनको खैरहनीमा काँग्रेस कार्यकर्तामाथी कुटपिट भएको छ । केहि दिनअघि नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेका टेक वहादुर परियार लाई नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । निर्वाचनको दौडानमा केहि दिन अघि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयौको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए
खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा सोमबार राति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको श्रेष्ठले बताए।
। निर्वाचनको मुखमा काँग्रेस प्रवेश गरेर नेकपालाई कमजोर वनाउन खोजेको भन्दै आँफुमाथि कुटपिट गरिएको परियाले आरोप लगाएका छन् ।
कुटपिटबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार