९ मंसिर २०७६,
पोखरा ।
पोखरामा भएको राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी.चयन भएका छन् । उनका प्रतिद्धन्दी बिष्णु खत्रीलाई ३९ मतले पछाडी पार्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । मतादान प्रक्रियामा बि.जी.ले ५८४ मत ल्याए भने खत्रीले ५४५ मत ल्याए । केहि पदमा शनिवारनै कुरा मिलेर सर्वसम्मत भएतापनि केहि पदहरुमा भने सहमती जुट्न नसकेपछि चुनावी माहोल बनेको थियो । कुरा मिलेर सर्वसम्मत हुनेहरुमा बरिष्ठ उपाध्यक्षमा रिता थापा मगर, प्रथम उपाध्यक्षमा पशुपती शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खांण, महिला उपाध्यक्षमा राधिका हमाल पुन, तृतीय उपाध्यक्षमा दिपक खड्का, महासचीवमा सुवास के.सी., उप–महासचिवमा शंकर बि.सी., उप–महासचिवमा शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर, सह–कोषाध्यक्षमा पुर्णकला बि.सी. रहेका छन् । कुरा नमिलेको पदमा भएको चुनावी नतिजा अनुशार कोषाध्यक्षमा राजु ढकाल (७३७) उनका निकटतम प्रतिद्धन्दी तारापति सुवेदीले (३७२), सह–कोषाध्यक्षमा ईश्वरी प्रसाद भुषाल (६८०) उनका निकटतम प्रतिद्धन्दी घनश्याम रिजालले (४०६), प्रशासनिक सचिवमा कृष्ण रेउले (८४६) उनका निकटतम प्रतिद्धन्दी पुरुषोत्तम थापाले (२४५) बिजय हासील गरेका छन् । उता सचिव खुल्ला तर्फ भने जीवन दाहाल, रमेश राज भट्टराई, कुलेन्द्र बिश्वकर्मा, हरि डांगी, प्रचण्ड जि.सी., बसन्त थापा, पुष्कल शर्मा बिजयी भएका छन् ।
त्यस्तै केन्द्रिय सदस्य महिला तर्फ सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अन्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे, सिता राना बिजयी भएका छन् भने, केन्द्रय सदस्य खुल्ला तर्फ देवी घर्ती, पी.एन. सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, बिमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ्ग, बिक्रम थापा, युवराज मगर चनीएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार