१६ कार्तिक २०७६,
नेपालले बंगलादेशमा हुने ‘इमर्जिङ टिम्स’ एसिया कप क्रिकेट २०१९ मा सहभागिता जनाउने भएको छ। युएइले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने अवसर पाएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्बन्द्बीका रुपमा भारत पाएको छ। बंगलादेशमा नोभेम्बर १४ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर १४ तारिकमा भारत खेल्नेछ। यस्तैगरी नोभेम्बर १६ मा हङकङ्ग र समूह चरणको अन्तिम खेलमा नोभेम्बर १८ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ सहभागी हुनेछन्। नेपाल रहेको समूह बी भारत, बंगलादेश र हङकङ रहेको छन् भने समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन्। समूह चरणका दुई शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन्। प्रतियोगिताको सेमिफाइनल नोभेम्बर २० र २१ मा हुनेछ भने फाइनल खेल नोभेम्बर २३ मा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार